हेटौँडा - नेकपा एकिकृत (समाजवादी) ले आगमी मंसिर ४ गते हुने प्रतिनिभिसभा निर्वाचनको लागि मकवानपुरको क्षेत्र नंबर २ प्रत्यक्षतर्फ विरोध खतिवडालाई सिफारिस गरेको छ ।
खतिवडालाई शनिबार भएको क्षेत्रीय कमिटि बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस गरिएको एकिकृत समाजवादी मकवानपुरका जिल्ला सचिव विष्णु दाहालले बताए ।
यससँगै पुर्व स्वास्थ्य मन्त्री समेत रहेका खतिवडालाई पाँचौँ पटक सांसद बन्ने अवसर मिल्न सक्ने देखीए छ । उनी यसअघि २०४८,२०५१,२०५६ र २०७४ को प्रतिनिधिसभाको चुनावमा विजयी भएका थिए ।
त्यस्तै बैठकले प्रतिनिधिसभाको लागि समानुपातीक तर्फ केदार न्यौपाने, मुनु सिग्देल, राजाराम स्याङ्तान तथा राष्ट्रिय सभाको लागि ललित बस्नेतको नाम सिफारिस गरेको छ । मकवानपुरको क्षेत्र नंबर १ को भने आगामी ७ गते बस्ने क्षेत्रीय कमिटिको बैठकले नाम सिफारिस गर्ने दाहालको भनाई रहेको छ ।