हेटौंडा – नेत्रविक्रम चन्द विप्लव सहित पाँच कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको हेटौंडामा सामान्य प्रभाव परेको छ । बिहान बन्दकर्ता उपस्थितदेखि पनि दिउँसो उपस्थिती नदेखिएको कारण बन्दको प्रभाव कम भएको हो ।
मंगलबार बिहान सुनसान देखिएका हेटौंडाका सडकहरुमा अहिले सवारीसाधनको चाप बढ्न थालेको छ । त्यस्तै विहान ठप्प रहेको लामो दुरीको सवारीसाधनहरु अहिले हेटौंडास्थित पुर्वपश्चिम राजमार्गमा तथा हेटौंडा–भिमफेदी काठमाडौं सडकमा सञ्चालन भइरहेको छन् ।
हेटौंडाको मुख्य बजार क्षेत्रका व्यवसायिक सटरका पसलहरु फाटफुट खुल्न थालेका छन् भने भित्री क्षेत्रका पसलहरु अधिकांश खुल्ला रहेका छन् । त्यस्तै बन्दका कारण मकवानपुरका विद्यालय र क्याम्पस बन्द भएका छन्।
आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित गरेको, महंगी बढेको विरोधमा विप्लव समूहले मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो ।









