हेटौंडा – स्कुल बसले किच्दा एक विद्यार्थीको मृत्यु भएको छ । बाराको निजगढ नगरपालिका ६ पानीट्यांकीमा प्रदेश २ ०३००१ क १०३७ नम्बरको विद्यासागर इङलिस बोर्डिङ स्कुल बसले किच्दा एक विद्यार्थीको घटनास्थलमानै मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । मंगलबार बिहान सवा ९ बजे विद्यासागर इङलिस बोर्डिङ स्कुलको बसले चढ्दै गरेका बालकलाई पछाडीको चक्काले किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।