हेटौंडा – खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन–२०८० को उपाधी काठमाण्डौंका मुकेश पालले जितेका छन् । उनले निर्धारित ५ किलोमिटरको दुरी १५ मिनेट २२ सेकेन्डमा पार गर्दै उपाधिमाथि कव्जा जमाएका हुन् । उनले नगद ६० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।
१८ जिल्लाका ९२ जना प्रतिस्पधीलाई पछि पार्दै पालले उपाधि जित्दा जुम्लाका दुर्गाबहादुर बुडा द्धितिय भए । उनले १५ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पार गरे । बुडाले द्धितिय हुँदै नगर ५० हजार रुपियाँ प्राप्त गरे ।
हेटौंडाको मु्ख्य चौक बुद्ध चौकबाट सुरु भएको दौंड पारिजात पथ हुँदै पुनः बुद्ध चौकमा आउँने दौड प्रतियोगितामा काठमाण्डौका सञ्जय श्रेष्ठ तृतिय भए । उनले १५ मिनेट ३० सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए । श्रेष्ठले नगद ४० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा सहभागिता जनाएका मध्य चौथो र पाँचौं भएका काठमाण्डौंका टंक कार्की र दाङका नागेश्वर ऐरीले सन्त्वना पुरस्कार स्वरुप नगद १०÷१० हजार रुपियाँ प्राप्त गरे ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिता भएको हो ।
प्रतियोगितामा बिजयी भएकाहरुलाई हटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, नगर उपप्रमुख राजेश बानियाँले पुरस्कार बितरण गरेका थिए । प्रतियोगितामा सहभागि ९२ मध्य हेटौंडा–२ का ६९ बर्षिय प्रेमजी श्रेष्ठलाई सम्मान गरीएको थियो ।
नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ५ का अध्यक्ष शुसिल घिमिरे, ७ का अध्यक्ष दामोदर गौतम, ११ का अध्यक्ष जुना दाहाल, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गी, एथ्लेटिक्स संघका केन्द्रिय कोषाध्यक्ष प्रभाकर पाण्डे, केन्द्रीय निर्णायक राजाराम पोखरेल सहित नगर खेलकुद बिकास समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।