प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा ग्यास बुलेटले कारलाई ठक्कर दियो

२०८१ भाद्र ७, शुक्रबार १८:३६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडामा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर–९ मास्टर चोकमा एनएलओ वान एल भारतीय ग्यास बुलेटले ग ३ च ८४४९ कारलाई ठक्कर दिँदा ३ जना घाइते भएको हो ।

ग्यास बुलेटको ठक्करबाट कार चालक स्याङ्जा अरुणचौपाही नगरपालिका वडा नम्बर– १ बस्ने ३३ वर्षिय चुडा बहादुर बिष्ट, कारमा सवार कास्की पोखरा महानगरपालिका वडा नम्बर ११ बस्ने ६३ वर्षिय पुरण श्रेष्ठ, कारमा सवार लम्जुङ बेसीसहर नगरपालिका वडा नम्बर–८ बस्ने १७ वर्षिय नेहा राना मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौडा तर्फ जादै गरेको ग्याँस बुलेटले हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको कारलाई ठक्कर दिएको हो । उनीहरुको उपचारको लागी सन्चो अस्पताल हेटौडा पठाईएको, दुबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको छ ।