काठमाडौं – दुबईमा एक नेपाली कामदारको मृत्यु भएको छ । दाङ दंगीशरण गाउँपालिका–१ कालितरा घर भई हाल शान्तिनगर गाउँपालिका–६ तिलबारी बसोबास गर्दै आएका २४ वर्षीय जगत वलीको मृत्यु भएको हो ।
वली ५ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएका थिए। करिब १ महिनादेखि परिवारसँग पनि सम्पर्कविहीन भएका वलीसँग कम्पनीमा काम गर्ने साथीहरुले भने भलिबल खेल्न गएको बेला कम्पनीबाट भागेको घरपरिवारलाई जानकारी दिएका छन्।
कम्पनीमा काम गर्ने साथी तथा अन्य व्यक्तिले वलीको हत्या गरेको हुन सक्ने परिवारले आशंका गरेको छ। वलीको श्रीमती र एक छोरी छन्।