हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेक पोईन्टबाट अबैध ७ बोरा कपडा बरामद गरेको छ ।
बिशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा ५ ख २४६८ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा ७ बोरा अबैध कपडा फेला परेको हो ।
बोराभित्र विभिन्न प्रकारको कुर्ता सुरुवाल ५८ पिस, साडी २९३ पिस, र सेन्डो गन्जी ३०० पिस रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी अबेध कपडा बरामद गरेपनि संलग्न ब्यक्तिलाई भने नियन्त्रणमा लिन सकेन । कपडाहरुको बारेमा बस चालक र यात्रुहरुलाई सोधपुछ गर्दा कसैले मेरो हो भनि हक दाबी नगरेकोले प्रहरीले जनाएको छ ।
भन्सार छलि ल्याएको कपडालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।