प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति : प्रदेश प्रमुख शर्मा

२०७९ फाल्गुन २२, सोमबार ०४:०५ बजे

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले होलीका अवसरमा शुुभकामना व्यक्त गरेका छन् ।  रंगहरुको पर्व फागु (होली) यो वर्ष आज पहाडी तथा हिमाली एवं भोलि भित्री मधेस र तराईका जिल्लाहरुमा मनाइँदैछ ।

होलीका सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले यो पर्वले राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने बताएका छन् । बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त हाम्रो देशमा मनाइँने यस्ता पर्वले नेपालीहरुबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्दछ ।’ प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।

होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति भएकाले यसको संरक्षण तथा सम्बद्र्धन गर्नसके राष्ट्रिय गौरवको धरोहर जर्गेना हुन सक्ने प्रमुखको विश्वासको छ । यसलाई खुशी र सद्भावको पर्वका रुपमा मनाउँनुपर्नेमा प्रमुख शर्माको जोड छ,‘फागुलाई आपसी खुशी र सद्भावको पर्वका रुपमा ग्रहण गर्दै अनुशासित ढंगबाट हामीले मनाउँनु पर्दछ ।’

होलीले हाम्रो जीवन पनि उत्साहका रंगहरु भर्दै उल्लासमय बनाउन सकोस् भन्ने कामना पनि प्रमुख शर्माले यस अवसरमा गरेका छन् ।