प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा मोटरसाइकल दुर्घटना: घाइते ५ जनाको पहिचान खुल्यो, गम्भीर ३ जनालाई चितवन रिफर

२०८१ भाद्र २६, बुधबार ०९:३१ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ पारिजातपथ सानीमा बैक अगाडी दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । जसमध्ये तीनको अवस्था गम्भीर रहेको छ ।


मंगलबार राति सितलमहल चोकबाट स्कुल रोडतर्फ जादै गरेको प्रदेश ३–०३– ००१ प ६७६४ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ना १३ प ३२६२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते हुनेहरुमा ६७६४ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा–११ थानाभर्याङ बस्ने बर्ष २० को रोहन खतिवडा, हेटौंडा–६ चौघडा बस्ने बर्ष २० निष्मा प्रजा, ३२६२ नम्बरको मोटरसाइकलमा सवार रौतहट मौलापुर–८ का बर्ष २३ को शिव पुजन यादव, सोही स्थान बस्ने बर्ष २१ को नितेश प्रसाद यादव र बर्ष १९ को शिव शंकर यादव रहेका छन् ।

प्रहरीका अनुसार घाइते मध्येमा रोहन, शिव पुजन र नितेशको अवस्था गम्भीर रहेको छ । उनीहरुको सामान्य उपचार पश्चात चितवनतर्फ रिफर गरिएको प्रहरीले जनाएको छ । बाँकी दुई जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।