हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.४ को मतगणनासंगै मेयरमा नेकपा एमाले राप्रपाको पछिपछि लाग्ने क्रम जारी छ ।
४ नम्बर वडाको १५२५ मतगणना हुँदा मेयरमा राप्रपाका दिपक बहादुर सिंहले ५०४ मत सहित अग्रता लिएका छन् ।
सिंहको पछिपछि एमालेका अन्नत पौडेल छन् । उनले ३१८ मत ल्याएका छन् ।
त्यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मिना लामा २९८ मत सहित तेस्रो स्थानमा छिन् ।
४ नम्बर मेयर पदका उम्मेदवार पौडेलको गृह वडा हो भने एमालेको गढ भनेर पनि चिनिन्छ ।
हेटौडा उपमहानगरपालिका ४ नम्वर वडाको १५२५ मत गणना हुँदा
मेयरमा
कलम २९८
सुर्य ३१८
हलो ५०४
उपमेयर
रुख ६३४
सुर्य ३५५
हलो १७१
वडा अध्यक्ष
रूख ५२२
सुर्य ५१०
हलो १४०