हेटौंडा – मकवानपुर भिमफेदी गाउँपालिकास्थित सामरी खोला एक व्यक्तिको शव फेला परेको छ ।
भिमफेदी गाउँपालिका–१, स्याउली बस्ने अन्दाजी ५५ वर्षीय सोर्जे पुलामी मगरको शव सामरी खोलाफेला परेको हो ।
सामरी खोलामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घरबाट अन्दाजी ८०० मिटर दक्षिणतर्फ खोलाको छेउमा घोप्टो परेको अवस्थामा मगर शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
मृत्युको कारण प्रहरीले खुलाएको छैन । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।