प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका २३ जना विद्यार्थीलाई छात्रवृत्ति

२०७९ आश्विन १, शनिबार ०२:४८ बजे

मकवानपुर – अति विपन्न र शैक्षिक सत्रको बीचमा नै पढाइ छोड्न सक्ने सम्भावना रहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । अति विपन्न, गरिबीका कारण बालश्रम गर्न बाध्य भएका र अन्य कारणले शैक्षिक सत्रको बीचमा पढाइ छोड्न सक्ने सम्भावना भएका कक्षा एकदेखि १० सम्मका जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत २३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

प्रतिभा आधारभूत विद्यालय, ज्ञानता मावि, बुद्ध मावि, वनदेवी आधारभूत विद्यालय, राष्ट्रिय मावि र चन्द्रोदय माविमा अध्ययनरत  एक  छात्रसहित  २३  जना  विद्यार्थीलाई  छात्रवृत्ति वितरण गरिएको सिविन बाल हेल्प लाइन मकवानपुरले जनाएको छ । कक्षा   एकदेखि   १०   सम्म   अध्ययनरत   विद्यार्थीलाई विद्यालय पोसाक, झोला तथा मसलन्द सामग्री र कक्षा ११ मा अध्ययनरत एक जनालाई पाँच हजार रुपियाँ नगद वितरण गरिएको छ ।

बाल हेल्प लाइन  मकवानपुरका  प्रबन्धक  झविन्द्र  ज्ञवालीका  अनुसार सिविन नेपालले गत एक वर्षदेखि जोखिमपूर्ण अवस्थामा रहेका करिब पाँच जना बालबालिकालाई शैक्षिक सहयोग गर्दै आएको छ ।