हेटौंडा – अनलाइन मिडियाका सञ्चालकहरुको छाता संगठन अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान)को तदर्थ कार्यसमितिको अध्यक्षमा खबरब्रेक डटकमका सञ्चालक धर्मेन्द्र दाहाल सर्वसम्मत चयन भएका छन् ।
बिहीबार हेटौंडामा भएको अनलाइन सञ्चालकहरुको भेलाले दाहालको अध्यक्षतामा ११ सदस्सीय तदर्थ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र गौतम (हेटौंडा खबर), उपाध्यक्षद्वयमा सुनिता विष्ट (पालिका डायरी), रुपक कालिराज (हजुरको खबर) चयन भएका छन् ।
यसैगरी, महासचिवमा उज्वल अधिकारी (नेपाल कलम), सचिवद्वयमा मनोज देवकोटा (हेटौंडा टुडे), राजेश थापा (रातोसमाचार) र कोषाध्यक्षमा प्रवेश धिताल (साझापत्र) चयन भएका छन् ।
समितिको सदस्यहरुमा दीपेश दाहाल (अखबार हव), गोविन्द तिमल्सिना (शुभसमय) र भूपेन्द्र राना (थाहापाना) चयन भएका छन् ।
आवश्यकताको आधारमा थप केही सञ्चालकहरुलाई कार्यसमितिमा ल्याइने अध्यक्ष दाहालले बताए । स्वरोजगार अनलाइन मिडियालाई स्तरीय र विश्वसनीय बनाइ टिकाउने वातावरण बनाउन संस्थाले पहल गर्ने उनले बताए ।
भेलामा ३० भन्दा बढी अनलाइन मिडियाका सञ्चालकको उपस्थिति रहेको थियो ।