हेटौंडा – आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरको चार प्रदेशसभा निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ २३ जना सिफारिस भएका छन् । शुक्रबार चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको छुट्टाछुट्टै बसेको बैठकले २३ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको हो ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं.१ प्रदेशसभा ‘क’ बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चौलागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने र सीता बिष्ट सिफारिस भएका छन् । त्यस्तै प्रदेशसभा ‘ख’ बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक र कुमार केसीको नाम सिफारिस गरेको छ ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘क’ बाट बलराम बल, विष्णु ढकाल र चमेलीमायाँ वाइवा सिफारिस हुँदा प्रदेशसभा ’ख’ बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्को नाम सिफारिस गरिएको छ ।
केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको परिपत्र अनुसार उम्मेद्वारी सिफारिस गरिएको नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए । प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गरेको सिफारिसमा भाद्र १९ गते बस्ने जिल्ला सचिवालय र भाद्र २० गते बस्ने जिल्ला कमिटी बैठकले थप सुझाव सहित केन्द्रीय र प्रदेश कमिटी मार्फत केन्द्रीय कमिटीमा पठाईने जिल्ला सचिव सिग्देलले बताए ।