प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको नगरसभा आज, छलफलनै नभएपछि बजेट अन्योलमा

२०७९ असार १२, आईतबार ०४:५८ बजे

हेटौंडा – यही असार १० गते ल्याउनुपर्ने बजेट हेटौंडा उपमहानगरपालिकाले ल्याउन सकेन । मकवानपुरका सबै स्थानीय तहमा बजेट सार्वजनिक गरिएको छ । असार १० गते गणपुरक सख्या नपुगेको भन्दै उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले आज सम्मका लागि नगरसभाको बैठक स्थगित गर्नुभयो । तर, यो समयमा कुनैपनि संंबाद र छलफल भने भएन ।

उपमहानगरपालिकाको कार्यपालिका र नगरसभामा बहुमत रहेको नेकपा एमालेले यो विचको समयमा कुनै संबाद नभएको बताएका छन् । बजेट ल्याउनका लागि संबाद र झलफलबाट ल्याउन सकिने भएपनि आज बिहान सम्म यस विषयमा आफुहरुलाई जानकारी नभएको उपमहानगरपालिका दलका नेता तथा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले बताउनुभयो । आज १ बजेका लागि फेरी नगरसभा बैठक बोलाइएको छ । तर, आज पनि बैठक हुनेमा अन्यौल कायम रहेको हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताउनुभयो ।

एमालेबाट वियजी कार्यपालिका सदस्यहरुले आफूहरुको माग पुरा गर्न दबाब दिंदै नगरसभामा अनुपस्थित भएपछि स्थगित नगरसभा नगर प्रमुख मिनाकुमारी लामाले आजको लागि बोलाउनु भएको थियो । कार्यपालिका बैठकमा आफूहरुको माग बेवास्ता गरेको भन्दै नगर सभामा एमालेबाट विजयी सदस्यहरु सहभागी नभएका हुन् । बहुसंङ्ख्य सदस्यहरु अनुपस्थित हुदा गाँउ नगर जिल्ला सभा सन्चालन ऐन २०७५ को दफा ५ को उपदफा १ बमोजिम गणपुरक संख्या नपुगेकोले १० असारमा बोलाइएको नगरसभा स्थगित गरिएको थियो ।

उक्त दफाको उपदफा २ बमोजिम नगर प्रमुखद्धारा अर्को नगरसभा आज आव्हान गरिएको हो । कार्यपालिकाका एमाले सदस्यहरुले कार्यपालिका बैठक सञ्चालन कार्यविधि शंसोधनको माग, बजेट निर्माण गर्दा एमालेका कार्यपालिका सदस्यलाई बेवास्ता गरिएको, एकलौटी ढंगले बजेट ल्याएको लगायतका माग राख्दै लगातार बैठकमा अनुपस्थित हुँदै आएका छन्, यता गठबन्धनबाट विजयी मेयर उपमेर र कार्यपालिका सदस्यहरुले कार्यविधि सच्याउनमा चासो देखाएका छैनन् ।जनपत्रबाट

नगरप्रमुख र उपप्रमुखले हठ र घमण्ड गरि बैठक स्थगित गरेको आरोप लगाउँदै आजको बैठकका लागि पनि छलफलनै नगरेकाले नेकपा मकवानपुरले आफूहरुको माग सम्बोधन नभएको कारण आजको सभामा पनि उपस्थित नहुने वडा अध्यक्ष मुक्तानले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न २ अर्ब ७१ करोड ७९ लाख बजेट आज १० असारमा सार्वजनिक गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रम र बजेटको तयारी गर्दा वडा अध्यक्षहरुसँग कुनै पनि सहकार्य नगरिएको प्रति वडा अध्यक्षहरुले आक्रोस पोखेका छन् ।

१८ जना कार्यपालिका सदस्य रहेको एमालेले बैठक संचालन कार्यविधि संसोधन गरिनुपर्ने माग राखेको छ । हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेबाट १८ जना, कांग्रेसबाट ९ तथा नेकपा एकिकृत समाजवादीबाट २ जना सदस्यहरु रहेका छन् । नगरसभामा पनि नेकपा एमाले ५१ जना सहित पूर्ण बहुमतमा छ । कानुनी व्यवस्था अनुसार असार १० गते सवै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पर्ने तथा असार मसान्तमा प्रस्तुत नीति तथा कार्यक्रम पारित गर्नु पर्ने हुन्छ ।