हेटौंडा – कान्तिलोकपथ अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.२ स्थित मोडभञ्ज्याङमा ट्रक र पर्सा कारागारको स्कार्पियो आपसमा ठोक्किँएर दुर्घटना भएको छ ।
काठमाण्डौबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख २३७८ नम्बरको खाली ट्रक र जाँदै गरेको ना १ झ १५२८ नम्बरको पर्सा कारागारको स्कार्पियो आपसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार स्कार्पियो पर्सा कारागारबाट काठमाण्डौ जिल्ला अदालत बबरमहल बकपत्रको लागि थनुवा लिएर जाने क्रममा दुर्घटना परेको हो । ट्रकको ठक्करबाट स्कार्पियोको अगाडि भागमा सामान्य क्षति र मानबिय क्षति नभएको प्रहरीले जनाएको छ ।
ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।