हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.५ खैरहनी लखनटोलमा अटो दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ । स्थानीय ३३ बर्षीय लक्ष्मण स्याङ्तानको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आइतबार राती ९ बजेर १५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
गत कार्तिक २४ गते राती ११ बजेर ५० मिनेटको समयमा लक्ष्मणले आफ्नै घरमा ना१ह ३५४४ नम्बरको अटो पार्किङ गर्ने क्रममा अटो अचानक करेसाबारीतर्फ करिब ६० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी लक्ष्मण गम्भीर घाइते भएका थिए । उनको तत्काल उद्धार गरी हेटौंडा अस्पताल ल्याईएकोमा उपचार सम्भव नभएपछि पुरानो मेडिकल रिफर गरिएको थियो ।