प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

नेपालको सानदार सुरुआत

२०७९ कार्तिक १७, बिहीबार १२:२६ बजे

काठमाडौं – बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुआत गरेको छ ।

ढाकामा बिहीबार भएको खेलमा भुटानलाई ७–० गोलको फराकिलो अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

नेपाललाई फराकिलो जित दिलाउनका लागि ४ गोल गरिन् । शुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन् ।

पहिलो गोल बर्षाले खेल सुरू भएको २५ सेकेण्डमै भुटानविरुद्ध गोल गरेकी थिइन् । उनले कप्तान दीपा रोकायले दिएको पासमा गोल गरेकी हुन्।

जितसँगै नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ ।

भुटानको यो लगातार दोस्रो हार हो । उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० गोल अन्तरले हराएको थियो ।

अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग शनिबार खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।