प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेश भ्रमण बर्ष २०२४ को शुभारम्भ

२०८० पौष १६, सोमबार १९:२१ बजे

हेटौंडा – बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेश भ्रमण बर्ष २०२४ शुभारम्भ गरेको छ । सोमबार अंग्रेजी नयाँ बर्षको दिन हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले शुभारम्भ गरेका हुन् ।

बागमती प्रदेशमा विद्यमान पर्यटकीय स्थल र सम्भावनाहरुको पहिचान, संरक्षण, सम्बर्धन र प्रचार प्रसार गरी पर्यटकीय गतिविधिहरुलाई अभिवृद्धि गर्ने र सो को माध्यमबाट बागमती प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटक आवागमन बढाउदै अर्थतन्त्रलाई समेत गतिशिल बनाउने उद्धेश्यले २०२४ लाई प्रदेश भ्रमण बर्ष शुभारम्भ गरिएको मन्त्र महर्जनले बताए ।

विश्व सम्पदा सूचिमा समेत समावेश भएका यस्ता ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाहरुको उचित संरक्षण र प्रचार प्रसार गरी आगामी दिनहरुमा धेरै भन्दा धेरै पर्यटकहरुले भ्रमण तथा अवलोकन गर्ने वातावरणको निर्माण गर्नुका साथै भावी पुस्ताका लागि समेत यस्ता धरोहरहरु संरक्षण एवं हस्तान्तरण गर्ने वातावरण निर्माण सहयोग पुग्ने मन्त्रालयका सचिब गोविन्द रिजालले बताए । उनले आन्तरिक र वाह्य पर्यटकलाई प्रोत्साहन गर्दै यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

बामगती प्रदेश सरकारले सन् २०२० मा प्रदेश भ्रमण बर्ष घोषणा गरेपनि कोभिड १९ को महामारी रोकिएको थियो । कोभिड–१९ पछि विभिन्न कारणले सुस्ताएको पर्यटन क्षेत्रलाई पूनः जीवन्त र गतिशिल बनाउन र बागमती प्रदेशको भ्रमण गर्ने सबै पाहुनाहरुलाई यस प्रदेशको विविधताका बारेमा स्वः अवलोकन र मूल्याङ्कन गर्ने बातावरण निर्माण महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले अपेक्षा लिएको छ ।

त्यसको लागि मन्त्रालयले प्रदेशमा रहेका पर्यटक प्रर्वद्धनमा सक्रिय विभिन्न संघसंस्था तथा सरोकारवाला ब्यक्तिहरुसंग अन्तरक्रिया, पर्यटकीय स्थलको प्रचारप्रसार लगायतका कार्यक्रम गरिने रिजालले जानकारी दिए ।  उनले भ्रमण वर्षमा प्रदेशको १३ वटै जिल्लामा गविधि सञ्चालन गर्नका लागि करिब १ करोड बजेट विनियोजन गरेको बताए ।