प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा उपमहानगरको नगरसभा तथा ११ औँ अधिवेशन सुरु

२०७९ असार १२, आईतबार १०:५५ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको नगरसभा तथा ११ औँ अधिवेशन सुरु भएको छ । हेटौंडा–२ स्थित होटल एभोकार्डोमा सुरु भएको हो ।

नगरसभा आगामी आर्थिक बर्ष २०७९–०८० को नीति, कार्यक्रम तथा बजेट उपमहानगरका उपमेयर राजेश बानियाँले प्रस्तुत गरिरहेका छन् ।

यही असार १० गतेको लागि तय भएको नगरसभा विभिन्न माग पुरा नगरेको र आफु खुशी बजेट प्रस्तुत गर्न लागेको भन्दै नेकपा एमालेका जनप्रतिनिधिले बहिष्कार गरेपछि नगरसभा स्थगित भएको थियो । 

नेकपा एमाले र गठबन्धनका जनप्रतिनिधिबिच तीन बुँदे सहमतिपछि उपमहानगरको नगरसभा भएको हो ।