प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बालिका करणी आरोपमा मकवानपुरका एक युवक पक्राउ

२०७९ असार १६, बिहीबार ०८:२८ बजे

हेटौंडा – बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरका एक पुरुष पक्राउ परेका छन्। १३ वर्षीया बालिका लाई करणी गरेको आरोपमा मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौं कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका प्रजाले ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगेर करणी गरेका थिए। प्रजाले जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।