प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरका छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ

२०७९ श्रावण १९, बिहीबार १०:२२ बजे

हेटौंडा – मकवानपुरको छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । जिल्लाको ईन्द्रसरोवर गाउँपालिका–४ फाखेल र हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट दुई–दुई जनालाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईन्द्रसरोवर गाउँपालिका–४ फाखेलबाट करिब ४ केजी अवैध लागुऔषध गाँजा सहित नुवाकोट घर भएका २७ वर्षीय सुमन तामाङ समेत २ जनालाई बुधबर दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। बा.४२ प ६९८९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी फाखेलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट करिब ४ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २३ वर्षीय आशिष विश्वकर्मा समेत २ जनालाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु लागुऔषध सहित नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।