प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुई युवक मकवानपुर प्रहरीको फन्दामा

२०७९ असार १६, बिहीबार १०:१२ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेबाट लागूऔषध गाँजा सहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–११ बस्ने २६ वर्षीय ईन्द्र बहादुर प्रजा र सोही ठाउँ बस्ने २३ वर्षीय अकल बहादुर प्रजा रहेका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना.७ ख ६०५९ नम्बरको बसमा सवार उनीहरुको साथबाट करिब १५ किलो लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बस जाँच गर्ने क्रममा ईन्द्रको साथबाट ७ किलो ३ सय ६० ग्राम र अकल साथबाट ७ किलो ६ सय ४० ग्राम गाँजा बरामद गरेको हो ।

पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।