हेटौंडा – मकवानपुरको हेटौडा उप–महानगरपालिका–१५ रातोमाटेबाट लागुऔषध सहित युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–१४ धुँवाकोट बस्ने २९ वर्षीय बलराम गुरूङ रहेका छन् ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैयाबाट हेटौडातर्फ आउदै गरेको प्र.३–०२–००६प २६१४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक गुरूङको झोला र मोटरसाईकलको सिटमुनीबाट लागुऔषध खैरो हिराईन ८ प्याकेट (४ ग्राम) र नाईट्रोभेट १३ ट्यावलेट फेला परेको प्रहरीले जनाएको छ ।
लागुऔषध, मोटरसाईकल सहित गुरूङलाई नियन्त्रणमा लिए जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।