प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशसभामा निर्वाचित सभामुखमा पाठकले लिए शपथ, उपसभामुखको निर्वाचन सोमबार हुने

२०७९ पौष २९, शुक्रबार ११:५९ बजे

हेटौंडा – बामगती प्रदेशसभाको सभामुखमा सत्तागठबन्धनका उम्मेदवार राप्रपाका भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार प्रदेशभाको बैठकमा मतविभाजन गर्दा पाठक ६२ मतसहित निर्वाचित भएका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरुले पाठकलाई मतदान गरेका थिए । यस्तै नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीले मत ३६ मत प्राप्त गर्दा नेमकिपाकी सिर्जना सायजूले तीन मत प्राप्त गरिन् ।

कुल ११० सदस्यीय प्रदेशसभामा ज्येष्ठ सदस्य रामप्रसाद ढुंगाना बाहेक एक सय आठजना मतविभाजनमा सहभागि थिए । बैठकमा एक सय नौजना सांसद उपस्थित थिए ।

नवनिर्वाचित सभामुख पाठकले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको उपस्थितिमा पाठकलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

त्यसैगरी उपसभामुखको निर्वाचन माघ २ गते सोमबारका लागि तोकिएको छ । सभामुख पाठकले सोमबार ३ बजेका लागि बैठक आह्वान गर्दै निर्वाचन कार्यतालिका आजै प्रकाशन गर्न निर्देशन समेत दिएका छन् ।