प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

हेटौंडाका सुनिल प्रहरीको फन्दामा

२०७९ असार ७, मंगलबार १५:०० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ चुरियामाईबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने सुनिल देउला रहेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले बा २५ प १२४ नम्बरको मोटरसाइकलमा सवार देउलालाई चेकजाच गर्दा लागूऔषध उइनसिरेक्स ६५ बोतल पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।