प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशसभाको बैठक आज दुई पटक स्थगित

२०८० असार १३, बुधबार ११:११ बजे

हेटौंडा – बागमती प्रदेशसभाको बैठक बुधबार दुई पटक स्थगित भएको छ । बिहान ११ बजे आह्वान गरेको बैठक बस्न नसकेपछि दिउँसो १ः३० बजेका लागि आह्वान गरिएको थियो । दिउँसो १ः३० बजे बैठक बस्न नसकेपछि साँझ ५ बजे सारिएको बागमती प्रदेश सचिवालयले जनाएको छ ।

बजेट असन्तुलन भएको भन्दै विपक्षी दलहरु नेकपा एमाले र राप्रपाको अवरोधका कारण पहिलो बैठक हुन सकेको थिएन । दोस्रो बैठक सांसदहरु उपस्थित नभएपछि बैठक साँझ ५ बजेको लागि सारिएको हो । अहिले बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्ष एमाले र राप्रपाका सांसदहरु बैठक हलभित्र उपस्थित भइसकेका छन् भने सत्ता पक्षका सांसद भने उपस्थित भएका छैनन् । 

प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट माथि छलफलका लागि मंगलबार आह्वान गरिएको बैठकमा विपक्षी दलहरुको अवरोधका कारण संचालन हुन सकेको थिएन । मंगलबार पनि दुई पटक बैठक स्थगित भएपछि बुधबार ११ बजेको लागि बैठक बोलाईएको थियो ।