हेटौंडा – बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले तयार गरेको चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत प्रदेशका विभिन्नका प्रमुख राजमार्गहरुमा कुकुर सहित चेकजाँच सुरु गरेको छ ।
शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरी पटका लगायतका विष्फोटक जन्य पदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त चेकिङ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका सुचना अधिकारी तथा प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी) दीपक रेग्मीले जानकारी दिए ।
उनका अनुसार विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका(९ भिमान र कमलामाई नगरपालिका १४ चन्दनपुरमा कुकुरसहितको प्रहरी चेकिङ गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहित खटिएको प्रहरी टोलिले विष्फोटक पदार्थ, लागु औषध ओसारपसार र सम्भावित अवाञ्छित क्रियाकलाप गरी भाग्न सक्ने शंकित ब्यक्तिको चेकजाँच गरेको उनले बताए ।
कुकुर सहित खटिएको प्रहरी टोलिबाट बिजया दशमीको समयमा मकवानपुर र चितवनमा पर्ने पुर्वपश्चिम राजमार्गमा गरिएको र उक्त चेकीङ काभ्रे र धादिङ जिल्लाका बिभिन्न स्थानहरुमा गरिने एसएसपी रेग्मीले जानकारी दिए ।