हेटौंडा – प्रहरीले काठमाडौंको कोटेश्वरबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ का २३ वर्षीय शिब शंकर यादव र ललितपुर महानगरपालिका–७ का ३६ वर्षीय प्रज्वल देउला रहेका छन् ।
काठमाडौं महानगरपालिका– ३२ कोटेश्वर बालकुमारीस्थित सडकबाट प्रतिबन्धित लागुऔषध १३९ नाइट्राभेट ट्याब्लेट र २ हजार २३३ एम्पुल सहित उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट डाइजोपाम ६६५ एम्पुल, नोफिन ७१६ एम्पुल, फेनेर्गन ८५२ एम्पुल, नाइट्राभेट १३९ ट्याबलेट, ३ वटा स्कुटरको ब्लुबुक, नगद ९२ हजार २८० रुपैयाँ र ५ थान मोवाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको सम्बन्धमा बरामद लागु औषधसहित पक्राउ परेका यादव र देउला उपर लागु औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट अनुसन्धान भईरहेको बताईएको छ ।