प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको मानव सेवा आश्रममा एक जनाको मृत्यु

२०८० पौष २२, आईतबार १७:१२ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.९ धापस्थित रहेको मानव सेवा आश्रममा आश्रित एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ बर्षीय कनैया लाल गुप्ता रहेका छन् ।

जिल्ला प्रहरीका कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नं.१० को सडकमा बेवारिसे अवस्थामा हिडिरहेका गुप्ताको आइतबार बिहान मृत्यु भएको हो । मृत्युको कारण खुलेको छैन । तर आश्रमले भने उनको काल गतिको कारण मृत्यु भएको जानकारी दिएको प्रहरीले जनाएको छ ।

आश्रममा यसअघि दुई जना युवतीको मृत्यु भएको थियो ।