प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ज्योति सामुदायिक वनद्धारा २ करोड ५३ हजारको अनुमानित आय–व्यय प्रस्तुत

२०८१ आश्विन ६, आईतबार ०७:४६ बजे

हेटौंडा – ज्योति सामुदायिक वन उपभोक्ता समूह हेटौंडा १८ हर्नामाडी ठूलोदमारको ३१ औं साधारणसभा आज शनिबार सम्पन्न भएको छ । साधारणसभाले चालु आर्थिक वर्ष २०८१र०८२ मा २ करोड ५३ हजारको अनुमानित आय(व्यय तथा विभिन्न कार्यक्रमहरु गर्ने निणर्य पारित गरेको छ ।

समूहका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष रामबाबु खतिवडाले चालु आ।व।को अनुमानित आय(व्यय प्रस्तुत गर्दै गतवर्षझै यसवर्ष पनि वन विकास, सामुदायिक विकास र गरिबी न्युनिकरण लगायतका कार्यक्रमहरु गर्ने लक्ष्य लिएको जानकारी दिए । उनले समूहको भवन निमाणर् गर्न ६० लाखको कोष निमाणर् गर्ने पनि जानकारी दिए । समूहको कार्यकाल ५ वर्षको हुनेगरी विधान तथा कार्ययोजना संशोधन गर्ने पनि निणर्य भएको छ ।

उनका अनुसार वन व्यवस्थापन कार्यक्रममा वन व्यवस्थापन, सम्र्वद्धनका कार्यक्रमहरु, चरिचरणको व्यवस्थापनसहित वृक्षारोपण, वन्यजन्तु तथा चराचुरुङ्गीका लागि पोखरी निमाणर्, वन सदुपयोगसम्बन्धी कार्यक्रमहरु र उपभोक्ताहरुलाई फलफूलका विरुवा वितरण गरिने जानकारी दिए ।

त्यसैगरी सामुदायिक विकास कार्यक्रम अन्तर्गत विभिन्न संघ,संस्थाहरुलाई आर्थिक अनुदान, उपचार सहयोग उपलब्ध गराउनुका साथै खेल मैदान स्तरोन्नती , सत्तल निमाणर्, थानी मन्दिर निमाणर्, प्रतिक्षालय निमाणर्, कुवा मर्मत, पर्यटन, पर्यावरण विकास लगायतका कार्यक्रमहरु गरिने पनि उनको भनाई छ ।

समूहका अध्यक्ष खतिवडाले गरिबी न्यूनिकरण कार्यक्रम अन्तर्गत महिला शसक्तिकरण, उद्यमशिलता, कृषिमा अनुदान सहयोग, लक्षित वर्गहरुमा अनुदान सहयोग, समूहलाई आर्थिक रुपमा सबल बनाउन साथै समुदायलाई आत्मनिर्भर, शिपमूलक बनाउन आफ्नै काठ प्रशोधन उद्योग सञ्चालन गर्ने र सा।व।भित्रका खाली ठाउँमा आयआर्जन मूलक खेती लगाउने कार्यक्रमहरु गरिने भनाई व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथी एवं हेटौंडा १८ नम्वर वडा अध्यक्ष अनिल कुमार बानियाँले वन समूहको रकम सही ठाउँमा लगानी हुनुपर्नेमा जोड दिए । समूहले लक्षित वर्गका समूहलाई छुट्याएको रकमले उनीहरुलाई ठूलो राहत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । साथै हर्नामाडीमा रहेका अन्य सामुदायिक वन उपभोक्ता समूहभन्दा यस ज्योति समूहमा आर्थिक पारदर्शिता रहेकाले यो वन समूह १८ नम्बर वडाकै उत्कृष्ट रहेको दाबी समेत गरे ।

कार्यक्रमका विशिष्ट अतिथी एवं हर्नामाडी सव(डिभिजन कार्यालय प्रमुख मदन घिमिरेले चालु आवको कार्यक्रममा वन पैदावार चोरी, तस्करी नियन्त्रणका विषय समेट्न आग्रह गरे । उनले सव डिभिजनको क्षेत्राधिकारभित्र रहेका १५ वटा सामुदायिक वनमध्ये समयमै साधारणसभा गर्ने ज्योति सामुदायिक वन पहिलो भएकोमा प्रशंसा समेत गरे ।

त्यसैगरी समूहका सल्लाहकार संयोजक एवं वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अरुण कुमार खतिवडाले समूहको हालसम्मको क्रियाकलाप लोकतान्त्रिक पद्धतीमै रहेको बताए । उनले वन तथा वातावरण जोगाउन निरन्तर लाग्न पनि समूहलाई सुझाब दिए ।

कार्यक्रममा समूहका सचिव राजकुमार श्रेष्ठले आ।व।२०८०।०८१ को आयव्यय प्रस्तुत गरे । कार्यक्रममा ज्योति सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार एवं हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल, समूहका पूर्व अध्यक्षहरुको तर्फबाट मंगल सिं लामा, टोल विकास संस्थाका तर्फबाट रामधुनी टोल विकास संस्थाका अध्यक्ष रमेश सिलवाल, समूहका लेखा संयोजक इमान बहादुर थापा, गोरक्षनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रोशन थापा, वडा प्रहरीका ईन्चार्ज उर्मिला रानाले मन्तव्य राखे ।

समूहका उपाध्यक्ष रेखा खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रममा १८ नम्बर वडा सदस्य पुजा मंग्राती, समूहका पूर्व अध्यक्ष प्रेम बराल, वैदिक वानप्रस्थ गुरुकुलका शिक्षक कष्ण प्रसाद गर्तौला र समूहका लेखा सदस्य बालकुमार श्रेष्ठ , देवकी कोईराला, रामधुनी कालीवन सामुदायिक वनका उपाध्यक्ष काजीमान थिङ र उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।