हेटौंडा – मकवानपुरको हेटौंडामा एकैस्थान चार वटा सवारी ठोक्किँएर दुर्घटना भएको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं.१५ स्थित रातमाटेमा एकैस्थान चार वटा सवारी ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताए ।
प्रहरीको टोली घटनास्थलतर्फ गहिरहेकोले विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता कार्कीले बताए । दुर्घटनाको कारण राजमार्ग अवरुद्ध समेत भएको छ ।