हेटौंडा – मकवानपुरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको बागमती गाउँपालिका वडा नं.८ बस्ने ७२ वर्षीय काजिमान बम्जन अमृता सामुदायिक वनमा मृत अवस्थामा फेला परेको बामगती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
सोमबार स्थानीयले बम्जनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीबाट घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।