प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

बागमती प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

२०७९ माघ ११, बुधबार ०९:१० बजे

हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा बुधबार दिउँसो आयोजित एक समारोहका बीच यादवचन्द्र शर्माले नवनियुक्त ८ मन्त्रीलाई शपथ गराएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएका मन्त्रीहरु शपथसँगै मन्त्रालयको काम गर्न बाटो खुलेको छ ।

नेकपा एमालेबाट एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय र केशब पोख्रेलले पशुपन्छी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् । उद्धब थापाले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय

त्यस्तै माओवादीबाट कुमारी मोक्तानले सामाजिक विकास, युवराज दुलालले भौतिक मन्त्रालय र गंगानारायण श्रेष्ठले आन्तरिक मामिला मन्त्रालयको सम्भाल्ने छन् ।

यसैगरी राप्रपाका डम्बर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु विष्टले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री शालिकराम जमरकट्टेल,आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया र खानेपानी, उर्जा तथा सिंचाई मन्त्री उद्धब थापाले यसअघिनै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।