हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले मकवानपुरका १० वटै स्थानीय तहमा भोलि शुक्रबार निर्वाचन लक्षित पार्टी प्रशिक्षण कार्यक्रम हुने भएको छ । पार्टी प्रदेश र केन्द्रीय कमिटीबाट खटिएका प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम तय भएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
सबै पालिकामा कम्तिमा २ सय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुने तयारी गरिएको छ । निर्वाचनमा मतदातालाई मतदान गर्न सिकाउने, पार्टीको जनपरिचालन अभियानका बारेमा कार्यकर्तालाई प्रशिक्षित गर्ने र चुनावी एजेन्डा तय गर्ने लगायतका प्रशिक्षणका विषय राखिएको अध्यक्ष श्रेष्ठले बताए ।