प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा भेट्रान्स साईकल रेस प्रतियोगिता, हरिराम राई प्रथम

२०८० जेठ १५, सोमबार १३:५२ बजे

हेटौंडा – गणतन्त्र दिवसको अवसरमा हेटौंडामा भएको भेट्रान्स साईकल रेस प्रतियोगिता प्रतियोगितामा हरिराम राई प्रथम भएका छन् । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा हिमालयन राइडर्स क्लबको आयोजनामा भएको प्रतियोगितामा १५ किलोमिटरको दूरी ३० मिनेट ५१ सेकेण्डमा पार गर्दै राई प्रथम भएका हुन् ।

३० मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै हरिशरण थापा दोस्रो भए । त्यस्तै निर्धारित दूरी ३० मिनेट ३३ सेकेण्डमा पार गरेका राजु थापा तृतीय हुँदा ३१ मिनेट ६ सेकेण्डमा राजु गुप्ता र ३२ मिनेट २० सेकेण्ड खर्चिएका राजकुमार श्रेष्ठ पाँचौ हुन सफल भए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्दा चौथो र पाँचौ हुनेले जनही नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

हेटौंडाडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, हिमालयन राइडर्स क्लबका अध्यक्ष रामकुमार श्रेष्ठ, २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा ४० वर्ष उमेर पूरा भएका ३० जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो । हेटौंडाको हुप्रचौरबाट सुरु भएको साइकल रेस शान्तिनगर, कमाने, नागस्वती, रंगशाला, चौघडा, क्याम्पाडाँडा, शान्तिनगर, भैरवरोड हुँदै पुनः हुप्रचौरमा आएर समापन भएको थियो ।