हेटौंडा – मकवानपुरको हेटौंडामा अटोले पैदलयात्रीलाई ठक्कर दिंदा एक जना घाइते भएका छन् । मदन भण्डारी (धरान–चतरा) लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१८ बड्कुले चोकमा बिहीबार ना १ ह ६२५७ अटोले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
घाइते हुनेमा हेटौडा–१८ आरामपुर बस्ने २२ वर्षीया पुजा थापा मगर रहेका छन् । उनको उपचारको लागि सहकारी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार मगरको टाउकोमा चोट लागेको छ भने अवस्था बेहोस रहेको छ । प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरीले अटो र चालकलाई नियन्त्रणमा लिएको छ ।
सांकेतिक तस्वीर