प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

कमल थापाकै गृहनगरमा शक्ति प्रर्दशन गर्दै लिङ्गदेन

२०७९ बैशाख २१, बुधबार ०५:५१ बजे

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको गृहजिल्लामा मकवानपुरमा राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपाले शक्ति प्रर्दशन गर्ने भएको छ । राप्रपा मकवानपुरको आयोजनामा बैशाख २५ गते आइतरबार हेटौंडा–४ हुप्राचौरमा बृहत आमसभा गर्न लागेको हो ।

स्थानीय तहको निर्वाचन लक्षित बृहत आमसभालाई सम्बोधन गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन हेटौंडा आउने भएका छन् । अध्यक्ष लिङ्गदेन उम्मेदवारहरु र कार्यकर्ताको हौसला बढाउन हेटौंडा आउँन लागेको राप्रपा हेटौंडा उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार दिपक बहादुर सिंहले जानकारी दिए । 

सभामा राप्रपा नेता तथा कार्यकर्ता,केन्द्रिय सदस्य लगायत आम नागरिकको बाक्लो सहभागिता गराउने लक्ष्य सहित आमसभाको तयारी भइरहेको राप्रपा मकवानपुरले जनाएको छ ।