हेटौंडा – मकवानपुरमा १३० बिघा अफिम र २८ बिघा गाँजा खेती नष्ट गरिएको छ ।
जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको १३० बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

माघ १४ गतेदेखि १६ गते सम्म नेपाल प्रशरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गााँजा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ मा ९५ बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाईएको गाँजा नष्ट गरिएको छ ।
कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मा ३५ बिघामा लगाईएको अफिम नष्ट गरिएको उनले बताए ।