प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा लागुऔषध गाँजासहित एक जना पक्राउ

२०७८ चैत्र २१, सोमबार ०७:३५ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरबाट अवैध लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोजफपुर बस्ने ३५ वर्षीय असगर अली रहेका छन् ।

पूर्वपश्‍चिम लोकमार्ग अन्र्तगत चितवनबाट हेटौंडातर्फ आउदै गरेको बिआर २५ जिए ३०९२ नम्बरको भारतिय ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रक करिब ९० किलोग्राम अवैध लागुऔषध गाँजा सहित अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अलिलाई उक्त लागुऔषध गाँजा, ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।