हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । चौतर्फी आलोचना भएपछि पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्रीबाट राजीनामा नदिई सङ्घीय सांसदको शपथ लिएको भन्दै उनको चर्को आलोचना पनि भएको थियो। उनले शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाइएका हुन् ।
उनी मुख्यमन्त्रीकै पदबाट विभिन्न कार्याक्रममा अतिथि बनेर सहभागि भएका थिए । पाण्डेले २०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।