हेटौंडा – हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्बिर अंकित प्रचार सामग्री च्यातिएको छ ।
पार्टी बागमती प्रेदेश भेला भोली शुक्रबार हेटौंडाको रोयल पार्टी प्यालेसमा हुँदैछ । प्रचारको लागि हेटौंडाको बुद्धचोक क्षेत्रमा राखिएको ब्यानर बिहिबार बिहान च्यातिएको अवस्थामा फेला परेको हो ।
ब्यानर च्यातिएको बुझ्न वडा कार्यालयलाई लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । उनले सो क्षेत्रमा सिसिटिभी क्यामारा समेत रहेकोले आवश्यक परे सिसिटिभी निरिक्षण गर्ने बताए ।