प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा एक पुरुष मृत भेटिए

२०८० चैत्र २६, सोमबार २१:१७ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ मनहरी बजारमा एक पुरुषको शव फेला परेको छ । राक्सिराङ गाउँपालिका वडा नं. २ निङराङ वस्ने वर्ष ५१ को डिल बहादुर थिङको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान शिव मन्दिरको भजन कृतन गर्ने कोठाभित्र सुतिरहेको अबस्थामा थिङ मृत भेटिएका हुन् । मृतकका छोरा सोमलाल थिङ घटनास्थलमा आएर आफ्नो बुवा भएको पहिचान गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।