प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका मुक्तान पक्राउ

२०८१ असार ९, शनिबार १९:५६ बजे

हेटौंडा – बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनी चोकबाट अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।

करिब ३० किलोग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ बस्ने २१ वर्षीय सुजन मुक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले अम्लेखगंजबाट वीरगंजतर्फ जाँदै गरेको बा।प्र।०३(००५१ प ४८७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक मुक्तानलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।