प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गठबन्धनलाई जिताए मात्र विकासमा ब्यापकताः कुमारी मोक्तान

२०७९ कार्तिक १५, मंगलबार ११:५४ बजे

हेटौंडा – मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (क) की लोकतान्त्रिक बाम गठबन्धनकी प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले गठबन्धनलाई जिताए मात्र विकास निर्माणमा ब्यापकता आउने दाबी गर्नुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका १, किसेडीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो कार्यकालमा उक्त क्षेत्रमा पक्की पुल निर्माण गरेको भन्दै अबको कार्यकालमा सडक सुधार्दै जनताको विचमा बसेर काम गरिरहने बताउनुभयो ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहेकी उहाँले आगामी कार्यकालमा किसेडी क्षेत्रमा सबैभन्दा अभाव रहेको सडक र पानी ब्यवस्थापनमा केन्द्रित रहने बताउँनुभयो । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधी सभा सदस्य उम्मेदवार विरोध खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

नेपाली काँग्रेसका रमेशकुमार थिङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस भीमफेदीका सल्लाहकार नारायण थापा, नेकपा माओवादी केन्द्रका नेता बद्री स्याङ्तान, नेकपा एकीकृत समाजवादी मकवानपुरका सचिवालय सदस्य माधव तिमल्सिना लगायतले मन्तब्य व्यक्त गरेका थिए ।