प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा बसपार्कबाट एक युवक पक्राउ

२०७९ भाद्र १०, शुक्रबार ०६:५६ बजे

हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ९ केजी ४ सय ग्राम सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट साबिक औरैया गाविस–५ बस्ने २६ वर्षीय लखिन्द्र बैठा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना.४ ख २२०८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बैठालाई उक्त लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।