प्रहर खबर
 २०८१ श्रावण ८, मंगलबार    

मकवानपुरमा मोटरसाइकल दुर्घटना

२०७९ माघ ५, बिहीबार ०५:४५ बजे

हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा मोटरसाइकल दुर्घटना भएको छ । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा६५प ८७२५ नम्बरको मोटरसाइकल बिहीबार बिहान आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मनहरी गाउँपालिका–२ बस्ने १८ वर्षीय सुभाष स्याङतान घाईते भएका छन् । उनको उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।

फाइल तस्विर