हेटौंडा – नेपाल सरकारले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको लागि निजी क्षेत्रलाई दिने तयारी गरेको छ । मकवानपुुर उद्योग बाणिज्य संघले आयोजनाको कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडुले निजी क्षेत्रले सञ्चालन दिने प्रतिक्रिया दिएका हुन् ।
मन्त्री बडुले हेटौंडा कपडा उद्योग पुनः संचालन गर्न बजेट विनियोजन भइरहेको र निजी क्षेत्रले संचालन गर्न चाहेमा प्रक्रिया प्रारम्भ गरिने बताए । बन्द भएका बिराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग जस्ता उद्योगहरु पुनः संचालनमा ल्याएर र नया“ उद्योगहरु स्थापना गर्नुपर्ने उनको भनाई थियो ।
उद्योग/व्यवसायको अवस्था र समस्या स्थानीयस्तरमा पुगी जानकारी लिन प्रभावकारी हुने र समाधान गर्न सहज हुने विश्वास लिएको बताए । उनले देशको अर्थतन्त्र सहज नभएको, आयातमा निर्भरता बढनुका साथै निर्यातको अपेक्षा पूरा गर्न नसकिएकोले व्यापार घाटा निम्त्याइरहेको बताए । उनले मुलुकको राष्ट्रिय उत्पादन र निर्यातजन्य उत्पादन बढाउन आवश्यक रहेको बताए । उनले त्यसका लागि नीति निर्माण गरेको समेत बताए ।

उनले सरकारको लगानीमा निर्माण भएका दश वटा औद्योगिक क्षेत्र पूर्ण रुपमा संचालन हुन नसकेको बताए । उनले औद्योगिक क्षेत्रमा जमिन ओगटेर उद्योग संचालन नगरेकाको हकमा निर्णायक समाधान खोजिने बताए । राष्ट्रिय उत्पादन बढाउन चलिरहेका उद्योगहरु पूर्ण क्षमतामा चालाउनु पर्ने उनको भनाइ छ ।
बिदेशी मुद्रा सञ्चिति र व्यापार घाटा घटाउन उद्योगहरुको ६० प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने धारण ब्यक्त गरे । सुनसरीमा ६५० बिगा र सुदुरपश्चिमको हरैयामा ३२० बिगा जमिन उद्योग स्थापनाको लागि छुट्याइएको उनले बताए । औद्योगिक क्षेत्र नै निजी क्षेत्रले चलाउन चाहे भाडामा उपलब्ध गराउन सकिने उनको भनाई थियो ।
नापतौल कार्यालय हेटौंडामा स्थापना गर्न काठमाडौं गएपछि तुरुन्तै लाग्ने बताए । उनले झन्झट घटाउन उद्योग दर्ताको लागि एकल विन्दु सेवा केन्द्रको अवधारणामा मन्त्रालयले तयारी गरेको जानकारी दिए । सिमेन्ट, क्लिंकर र फुटवेयरमा देश आत्मनिर्भर भइसकेको दाबी गरे । दैलेखको पेट्रोलियम पदार्थ निकाल्दा लागत भन्दा उत्पादन धेरै हुने देखिए उत्पादन शुरु गरिने आसवासन दिए । विजुली उत्पादन गरी एलपिजि ग्या“स खपत घटाउन सकिने र आरक्षको समस्या हटाएर मयुरधाप विस्तारित औद्योगिक क्षेत्र संचालन गरिने उनले बताए ।