हेटौंडा – झापामा गएराती मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका ९ फत्तेपुरका ४० वर्षीय केशब गौतम रहेका छन् । गम्भीर घाइते भएका गौतमको उपचारका क्रममा बि एण्ड सि अस्पताल विर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते भएका मोटरसाइकलमा पछाडी सवार केशबका छोरा १३ वर्षीय शंकेत गौतमको सोही अस्पतालमा उपचार भइरहेको छ । कन्काई नगरपालिका ९ मा गएराती पौने १० बजे प्रदेश १ ०२ ०४० प ७६४० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको नालामा पल्टिएको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।
सांकेतिक तस्वीर