हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ नवलपुरमा भएका बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । महोतरी जलेश्वर नगरापालिका वडा नं. १ बस्ने ३२ बर्षीय राकेश पाण्डेको मृत्यु भएको हो ।
गत असार १५ गते शुक्रबार दिउँसो १ बजे नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा परी ५२ जना यात्रु घाइते भएका थिए ।
घाइते मध्ये पाण्डेको टाउकोमा गम्भीर चोट लागेपछि हेटौंडाको चुरेहिल अस्पतालबाट भरतपुर रिफर गरिएको थियो । करिब दुई महिना भन्दा बढी समयपछि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आइतबार राति ८ बजेर १० मिनेटमा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
शव पुरानो मेडिकल कजेलमै रहेको प्रहरीेले जनाएको छ ।